Logo

९ असोज, काठमाडौं ।  काठमाडौंको पशुपति मन्दिर क्षेत्रको जंगलबाट प्रहरीले दुई थान पेस्तोल बरामद गरेको छ। काठमाडौं महानगरपालिका–८ स्थित राम मन्दिर छेउको जंगलमा बेवारिसे अवस्थामा भेटिएको उक्त हतियार बुधबार दिउँसो प्रहरीले फेला पारेको हो।

गौशाला प्रहरी वृत्तबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा दुई थान पेस्तोल र तीन थान म्याग्जिन फेला पारेको जानकारी दिएको छ। बरामद गरिएको हतियार हाल प्रहरीको नियन्त्रणमा रहेको छ र यस विषयमा थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार हालैको जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीका हतियार लुटिएका घटनासँग यस बरामदगीको सम्भावित सम्बन्धबारे पनि अनुसन्धान अघि बढाइएको छ।

पशुपति क्षेत्रको सुरक्षामा विशेष संवेदनशीलता रहने भएकोले उक्त हतियार कहाँबाट, कसरी पुग्यो भन्ने विषयमा छानबिनलाई प्राथमिकता दिइएको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै