Logo

९ असोज, काठमाडौं । नेकपा एमार्लेका सचिव योगेश भट्टराईले हालैको जेनजी विद्रोहले सिर्जना गरेको परिवर्तित राजनीतिक परिदृश्यलाई मध्यनजर गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने सार्वजनिक अपिल गरेका छन् ।

एक भिडियो सन्देश जारी गर्दै भट्टराईले आत्मसमीक्षा मा जोड दिएका छन् भने पार्टीका कमजोरीहरूलाई स्वीकार नगर्नु ‘दुश्मनलाई बलियो बनाउनु’ सरह हुने चेतावनी दिएका छन् ।
भट्टराईले इतिहासमा एमाले पटक–पटक संकटका मोडहरूमा पुनर्गठित भएको उदाहरण प्रस्तुत गरेका छन् । उनले १९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले कू गर्दा पार्टीभित्र छाएको सन्नाटा र त्यसबेलाको युवा पुस्ता को अग्रसरतामा पार्टी पुनर्गठनको बहस चलेको स्मरण गराएका छन् ।

‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो’ उनले भनेका छन्, ‘पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो। पार्टी बच्यो, आन्दोलन सफल भयो। इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा हामी पुनर्गठित भएको सत्यलाई पनि हामीले मनन् गर्नु जरुरी छ।’

कमजोरी लुकाउनु भनेको दुश्मनलाई बल पुर्‍याउनु

भट्टराईले आन्तरिक सुधार को महत्त्वलाई लेनिनको भनाइ उद्धृत गर्दै बलियोसँग स्थापित गरेका छन् । उनले भनेका छन्, ‘लेनिनले भन्नु भएको छ– क्रान्तिकारी आन्दोलनले आफ्ना कमजोरीलाई स्वीकार नगरेसम्म सुधार र प्रगति सम्भव हुँदैन ।

कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउन सहयोग गर्नु हो। ’ भट्टराईले पार्टीभित्रको अनावश्यक आत्मभर्त्सना बन्द गर्न र डटेर आत्मसमीक्षा गर्न अपिल गर्दै, सोही स्वीकारोक्तिसहितको पुनर्गठन अभियान मा साथ दिन सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन् ।

 

 

 


सम्बन्धित समाचार
भर्खरै