ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङ ले राष्ट्रिय पुनर्निर्माण कोष मा सहयोग गर्न सबैलाई आह्वान गरेका छन् ।
हालैका घटनाहरूमा भौतिक संरचनाहरूमा आगजनी र तोडफोड बाट ठूलो क्षति पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आर्थिक पुनरुत्थान लाई सघाउन सरकारले कोष स्थापना गरेको जानकारी दिएका छन् । सरकारले बुधबार मात्रै औपचारिक रूपमा पुनर्निर्माण कोषको स्थापना गर्दै सहयोगका लागि अपिल गरेको थियो । पुनर्निर्माणको कामलाई व्यवस्थित रूपमा अगाडि बढाउन सरकारले अर्थमन्त्रीको अध्यक्षतामा पुनर्निर्माण समिति समेत गठन गरिसकेको छ ।
मन्त्री घिसिङका अनुसार, यो समितिले छिट्टै नै पुनर्निर्माण कार्ययोजना स्वीकृत गर्नेछ र त्यसपछि पुनर्निर्माणको कामले गति लिनेछ । उनले यस राष्ट्रिय अभियानमा स्वेच्छिक योगदान का लागि सबै सरोकारवालाहरूलाई अनुरोध गरेका छन् ।















