Logo

९ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रभित्र आसन्न विशेष महाधिवेशन को समयलाई लिएर पार्टीको शीर्ष नेतृत्व बीच मतभेद चुलिएको छ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मंसिर मा महाधिवेशन गर्ने प्रस्तावलाई काउन्टर दिँदै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने अडान राखेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा श्रेष्ठले ‘मंसिरमा विशेष महाधिवेशन सम्भव नरहेको’ भन्दै पार्टीलाई निर्वाचनमा केन्द्रित हुन र महाधिवेशनलाई पछि सार्न दबाब दिएका हुन् ।

नेतृत्व हस्तान्तरणको दबाब र रणनीतिक टकराव

पछिल्लो समय नेतृत्व हस्तान्तरण र सांगठनिक शुद्धीकरण को चर्को मुद्दा झेलिरहेका प्रचण्डले केन्द्रीय समिति भङ्ग गरी महाधिवेशन आयोजक समिति बनाउने र मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी गरेका थिए। यस कदमलाई उनले जेनजीलाई फोकस गर्दै आन्तरिक दबाब मत्थर पार्ने र संगठनलाई नयाँ रूप दिने रणनीतिक प्रयासका रूपमा हेरिएको थियो ।

तर, श्रेष्ठको यो प्रस्तावले प्रचण्डको समयतालिकामा गम्भीर प्रश्न खडा गरेको छ। श्रेष्ठले मंसिरको तयारीलाई व्यवहारिक रूपमा असम्भव भन्दै रोक्न खोजेपछि महाधिवेशनको तयारी र समय निर्धारण प्रक्रियामा थप जटिलता उत्पन्न भएको छ । माओवादीभित्रको यो मतभेद ले पार्टीभित्रको शक्ति सन्तुलनको संघर्ष लाई सतहमा ल्याएको छ।


सम्बन्धित समाचार
भर्खरै