Logo

१० असोज, काठमाडौँ। दशैँको मुखमा लामो दूरीका यात्रुहरूका लागि राहत मिल्ने खबर आएको छ ।

देशभरका अधिकांश सडकको अवस्था सामान्य रहेको र बिहान केही समय एकतर्फी मात्र चलेको नारायणगढ–मुग्लिन सडकखण्ड अहिले दुईतर्फी सञ्चालनमा आएको छ।

नारायणगढ–मुग्लिनमा गाडीको जाम हट्यो

दैनिक १० हजारभन्दा बढी गाडी गुड्ने यो महत्त्वपूर्ण सडकमा हिजो राति पहिरो पन्छाएर दुईतर्फी सञ्चालन गरिएकोमा बिहान पुनः ढुङ्गा खसेपछि केही बेर एकतर्फी भएको थियो। तर, सडक डिभिजन कार्यालय भरतपुरले द्रुत गतिमा काम गरेर अहिले सडकलाई दुईतर्फी रूपमा खुलाएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो पन्छाएपनि जोखिम कायमै रहेकाले सावधानीपूर्वक सवारी चलाउन र यात्रा गर्न यात्रुहरुलाई आग्रह गरेको छ ।
नेपाल प्रहरीका अनुसार देशभरका सडकहरू सामान्य अवस्थामा रहे पनि कोशी राजमार्ग अन्तर्गतका दुई सडक खण्डमा भने समस्या यथावत् छ।


सम्बन्धित समाचार
भर्खरै