Logo

१० असोज,वीरगञ्ज । नेपाल रेडक्रस सोसाइटी रानीघाट उपशाखाले शुक्रबार रानीघाटस्थित दुर्गा पूजा सेवा समितिको पूजा पण्डालमा आयोजित निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

शिविरमा १५० भन्दा बढी सर्वसाधारणले स्वास्थ्य परामर्श तथा उपचार सेवा लिएका थिए। परीक्षणपछि बिरामीहरूलाई आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता रेडक्रस सोसाइटी रानीघाट उपशाखाका सभापति शतिस सिंह राजपुतले गरेका थिए। उनले रेडक्रसको प्राथमिकता सामुदायिक स्वास्थ्य र जनकल्याण रहेको उल्लेख गर्दै भने,

“यस्ता स्वास्थ्य शिविरहरूले स्थानीय बासिन्दालाई प्रारम्भिक स्वास्थ्य परीक्षणका साथै स्वास्थ्यप्रति सचेतना फैलाउन ठूलो भूमिका खेल्छन्। रेडक्रस आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनेछ।”

शिविरका प्रमुख अतिथि वीरगन्ज महानगरपालिका–९ का वडाध्यक्ष जवाहर प्रसाद गुप्ता रहेका थिए। साथै डा. श्याम बाबू पटेल, डा. पृथ्वी चौरसिया, डा. प्रयांश तिमलसेना, डा. प्रशान्त साह, डा. मौशम गुप्ता, डा. निशा सिंह लगायतको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रममा सहयोग गर्ने संस्थाहरूमा वीरगन्ज न्यूरो एण्ड जनरल हस्पिटल रिसर्च सेन्टर (त्रिमूर्ति चौक), वीरगन्ज महानगरपालिका–९ को कार्यालय, यशोदा ज्वेलर्स, घण्टाघर, न्यू भवानी अफसेट प्रेस, रानीघाट, तथा दुर्गा पूजा सेवा समिति, रानीघाट रहेका छन्।

कार्यक्रमको सञ्चालन कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए।


सम्बन्धित समाचार