Logo

११ असोज,वीरगञ्ज । हतियार सहित भारतीय प्रहरी ठोरी प्रवेश गरेपछि ठोरीका स्थानीयले विरोध जनाएका छन्। उत्तर प्रदेशको राज्य सभा सांसद मिथिलेश कुमार हतियार सहितको अङ्ग रक्षक ठोरी गापा –२ , टाउन प्रवेश गरेपछि स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन्।

शनिबार दिउंसोको समयमा आधुनिक हतियार सहित ठोरी नाका हुँदै नेपाल प्रवेश गरेका सांसद सहितको प्रहरीलाई ठोरीका स्थानीयले अन्तराष्ट्रिय सिमानामा हतियार सहित प्रवेश गरेको भन्दै विरोध गरेका थिए ।

स्थानीयले विरोध गर्दै प्रहरीको जिम्मा लगाइदिएको ठोरी –२ का स्थानीय रामशरण लामिछानेले जानकारी दिए । हतियार सहितको भारतीय प्रहरी नेपाली भूमिमा देखेपछि आफुहरुले नेपालको प्रहरीको जिम्मा लगाइदिएको लामिछानेले बताए ।

स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएपछि अहिले सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट ठोरीमा निजहरुलाई राखिएको छ । केहीबेरमा प्रक्रिया पुर्याएर भारत पठाउन लागिएको प्रहरी स्रोतले जानकारी दिएको छ।


सम्बन्धित समाचार