Logo

१२ असोज,काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि जापानका राजदूत मायदा तोरुबीबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा नेपाल–जापानबीचको ऐतिहासिक सम्बन्ध, हालको परिवर्तित राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको छ।

अर्थमन्त्री खनालले वर्तमान सरकारको मुख्य प्राथमिकतामा तोकिएको समयमा निर्वाचन सम्पन्न गर्नु रहेको र यस अवधिमा पुनःनिर्माण तथा आर्थिक सामाजिक विकासका कामहरु निरन्तरता पाउने बताएका छन्।

छलफलमा निर्माणाधीन नागढुङ्गा टनेल मार्ग परियोजना, तनहुँ जलविद्युत आयोजना, कोटेश्वर चोक सुधार परियोजना, र सिन्धुली सडक बाढी प्रभावित आपतकालीन पुनःस्थापना कार्यक्रम लगायतका सहयोगका क्षेत्रहरुमा छलफल भएको थियो।

उक्त भेटमा अर्थ सचिव घनश्याम उपाध्याय र वैदेशिक सहायता समन्वय महाशाखाका सह–सचिव धनिराम शर्माको पनि उपस्थिति रहेको थियो।

नेपाल र जापानबीचको दीर्घकालीन मित्रता र सहयोग अझ सुदृढ बनाउने उद्देश्यले भएको यस भेटमा दुई पक्षले आगामी दिनमा समन्वय र सहकार्यलाई अझ बलियो बनाउन सहमति जनाएका छन्।


सम्बन्धित समाचार