Logo

१२ असोज, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले विभिन्न राष्ट्रिय परिषद्का प्रमुखहरू मनोनित गरेका छन्। पार्टीले तोकेको कार्यक्षेत्र र जिम्मेवारी अनुसार प्रमुखहरूको चयन गरिएको राष्ट्रिय मुक्ति पार्टीले जनाएको छ।

मनोनीत प्रमुखहरूमा तमु राष्ट्रिय परिषदका कमला कुमारी गुरुङ, नेवा: राष्ट्रिय परिषदका सुमन सायमी, तामाङ राष्ट्रिय परिषदका मिङ्गमार तामाङ, लिम्बू राष्ट्रिय परिषदका रमेश योङ्हाङ, मगर राष्ट्रिय परिषदका जुनतारा पुन मगर, कोचिला राष्ट्रिय परिषदका चन्द्रप्रसाद राजवंशी, खस राष्ट्रिय परिषदका शेरबहादुर शाह, थारु राष्ट्रिय परिषदका चन्द्रकान्त चौधरी र मधेशी राष्ट्रिय परिषदका अनिलकुमार सिंह रहेका छन्।

राष्ट्रिय मुक्ति पार्टीका अनुसार, मनोनीत प्रमुखहरूले स्वशासन विधान निर्माण, सांस्कृतिक संरक्षण, संयुक्त राष्ट्र संघका मापदण्डहरूको पालना लगायत महत्वपूर्ण जिम्मेवारीहरु सम्हाल्नेछन्।

यस पहलले राष्ट्रिय जातीय समूहहरूको सांस्कृतिक संरक्षण र राजनीतिक सहभागिता प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार