Logo

१८ असोज, धनगढी । डोटी जिल्लामा एक जना प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। शिखर नगरपालिका–८ तिलतालीका ट्राफिक प्रहरी जवान शंकर बलायर गोपघाटस्थित सडक किनारमा मृत भेटिएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार बलायर हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत थिए। उनी दसैँ मनाउन बिदा लिएर गत ७ असोजमा घर आएका थिए।

गोपघाटस्थित सडक छेउमा मृत फेला परेका बलायरको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घटनाको प्रकृति र कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनास्थल सिल गरिएको छ र आवश्यक अनुसन्धानका लागि फरेन्सिक टोली समेत परिचालन गरिएको बताइएको छ।


सम्बन्धित समाचार