Logo

१८ असोज,काठमाडौं । जेनजी विद्रोहात्मक आन्दोलनका क्रममा सरकारको गोली प्रहारबाट घाइते भएका युवा आन्दोलनकारीहरूको स्वास्थ्य अवस्था बुझ्न पूर्व उपप्रधानमन्त्री तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ शनिबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) पुगेका छन्।

श्रेष्ठले अस्पतालमा उपचाररत घाइतेहरूसँग भेट गरी उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। साथै, उनले उपचारमा संलग्न चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरूको निष्ठापूर्ण सेवाको प्रशंसा गर्दै आभार प्रकट गरे।

अस्पतालका स्रोतका अनुसार हालसम्म ४१ जना घाइते उपचारपछि घर फर्किसकेका छन् भने ५ जना अझै विभिन्न वार्डमा उपचाररत छन्।

घाइतेहरूको अवस्थाबारे जानकारी लिएपछि श्रेष्ठले भने, “युवाहरूको यो सौर्यमय संघर्ष खेर जान दिनुहुँदैन। म यसको उपलब्धिमूलक परिणतिका लागि निरन्तर प्रयत्नशील रहन्छु।”

उनले शान्तिपूर्ण आन्दोलनमार्फत उठाइएका युवाहरूका जायज माग सम्बोधन गर्न राज्यले संवेदनशील हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन्।


सम्बन्धित समाचार