Logo

फाइल तस्वीर

१८ असोज, काठमाडौं। मौसमको कहरले गर्दा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द गरिएको छ ।

देशभर परेको अविरल वर्षा र उडानका लागि प्रतिकुल मौसमका कारण विमानस्थलबाट हुने सम्पूर्ण उडान तथा अवतरण प्रभावित भएका छन् । एकातिर विमानस्थल बन्द हुँदा हवाई यात्रुहरूले सास्ती भोगिरहेका छन् भने, अर्कोतिर लगातारको वर्षाले देशभरका राजमार्गहरू समेत अवरुद्ध भएका छन् । विशेषगरी काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख राजमार्गहरू प्रभावित हुँदा यात्रुहरू बीचमै रोकिएका छन् र गन्तव्यसम्म पुग्न संघर्ष गरिरहेका छन्।

मौसमले उड्डयन क्षेत्रमा मात्र नभई सडक यातायातमा पनि गम्भीर प्रभाव पारेको छ। मौसममा सुधार आएपछि मात्र विमानस्थल खुल्नेछ, जसका लागि यात्रुहरूले धैर्य गर्नुपर्ने भएको छ।

मौसम खुल्नेबित्तिकै विमानस्थल सञ्चालनमा आउने अपेक्षा गरिएको छ । हवाई यात्रुहरूलाई आफ्नो उडानको पछिल्लो जानकारीका लागि सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन सुझाव दिइएको छ ।


सम्बन्धित समाचार