Logo

१८ असोज,विराटनगर । पाँचथरको कुम्मायक गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा आज बिहान भएको बोलेरो गाडी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

ताप्लेजुङबाट इटहरीतर्फ जाँदै गरेको बोलेरो गाडी तमोर करिडोरमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दुर्घटनाको कारण र विस्तृत विवरण अझै आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा मृत्यु र घाइते हुने व्यक्तिहरूको सनाखत हालसम्म हुन सकेको छैन। घाइतेहरूको उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको बताइएको छ।दुर्घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धारमा केही कठिनाइ भए पनि स्थानीयवासी र सुरक्षाकर्मीहरूको सहयोगमा उद्दार कार्य भइरहेको जनाइएको छ। गाडी सडकबाट तल खसेको र क्षति गम्भीर रहेको प्रारम्भिक जानकारी आएको छ।

घटनास्थलमा प्रहरी टोली खटिएको छ भने विस्तृत विवरण संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक र घाइतेको पहिचान तथा दुर्घटनाको कारणबारे थप जानकारी आउन बाँकी छ।


सम्बन्धित समाचार