Logo

१९ असोज, बारा । शुक्रबार रातिदेखि निरन्तर वर्षासँगै बाराको फेटा गाउँपालिका–१ स्थित त्रिवेणी खोलामा आएको बाढीले आसपासका खेतबारी जलमग्न भएका छन्। बाढीका कारण स्थानीय बासिन्दा र किसानहरू त्रसित बनेका छन्।

स्थानीयवासीका अनुसार खोलामा पानीको बहाव तीव्र बनेको छ। बाढीका कारण त्रिवेणी खोलाको आसपासका बस्तीमा पानी पसेको छ भने धानलगायतका बालीहरू डुबानमा परेका छन्।

फेटा गाउँपालिकाका अध्यक्षले भने, “त्रिवेणी खोलाको पानीले किसानको धानबालीमा ठूलो क्षति भएको प्रारम्भिक अनुमान छ।”

खेतमा उभिएका धानबाली डुबानमा परेपछि किसानहरू आर्थिक क्षतिको चिन्तामा परेका छन्। खोलाको पानी अहिले पनि केही मात्रामा बढ्दो क्रममा रहेको स्थानीयले बताएका छन्।

बाढीले कुनै जनधनको क्षति भएको समाचार भने अहिलेसम्म प्राप्त भएको छैन। प्रहरी र स्थानीय टोल विकास समितिका सदस्यहरूले प्रभावित बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागले पनि हाल मधेस प्रदेशका नदीहरूमा पानीको बहाव उच्च रहेको र सतर्कता अपनाउन आग्रह गरेको छ।

भिडियो :


सम्बन्धित समाचार
भर्खरै