Logo

१९ असोज, वीरगञ्ज । शुक्रबार रातिदेखि निरन्तर परेको वर्षा आज आईतबार विहानदेखि रोकिएपछि वीरगञ्जमा जनजीवन क्रमशः सामान्य बन्दै गएको छ। अहिले बिहानको समयमा मधुरो घाम लागिरहेको छ र स्थानीयवासीहरू घरको सरसफाई तथा अन्य दैनिक काममा व्यस्त छन्।

तर, वर्षाको प्रभाव अझै हटेको छैन। सिर्सिया नदीको पानीको सतह बढेसँगै वीरगञ्जका शमशानघाट, अशोकबाटिका, र पुलपारि रामगढवा क्षेत्र पूर्ण रूपमा डुबानमा परेको छ। विशेषगरी घडिअर्वा पोखरीको पश्चिम गेट बाहिरको सडकमा पेटीभन्दा करिब एक फिट माथिसम्म पानी बगिरहेको छ, जसले स्थानीय आवागमनमा कठिनाइ सिर्जना गरेको छ।

विशेषज्ञहरूले वर्षा रोकिए पनि नदी र पोखरीको पानीको सतह अझै उच्च रहेको बताउँदै, बाढी प्रभावित क्षेत्रमा आवागमन र सुरक्षा उपायमा सतर्कता अपनाउन स्थानीयवासीलाई आग्रह गरेका छन्।


सम्बन्धित समाचार
भर्खरै