Logo

१९ असोज, काठमाडौं । दसैँ बिदापछि केही दिन रोकिएको सुनचाँदीको मूल्य निर्धारण आइतबारदेखि पुनः सुरु भएको छ। मूल्य निर्धारण सुरु भएसँगै सुनको भाउमा ठुलो उछाल देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (असोज १९) सुनको मूल्य तोलामा २ लाख ३० हजार ६०० रुपैयाँ कायम गरिएको छ, जुन हालसम्मकै सर्वाधिक मूल्य हो। दसैँअघिको अन्तिम मूल्य निर्धारण (असोज १२) मा सुनको भाउ तोलामा २ लाख २३ हजार २०० रुपैयाँ रहेको थियो। यस अनुसार, दशैँपछिको मूल्यमा ७ हजार ४०० रुपैयाँको वृद्धि भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि ऐतिहासिक उच्च बिन्दुमा पुगेको छ। असोज १२ मा तोलाको २ हजार ८१० रुपैयाँ रहेको चाँदी आइतबार २ हजार ९३० रुपैयाँ मा कारोबार भएको छ।

विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि र भित्रिएको चापका कारण सुनचाँदीको भाउमा उछाल आएको हो। निकट भविष्यमा अझै मूल्य वृद्धि हुन सक्ने अनुमान गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै