Logo

१९ असोज,वीरगञ्ज । वीरगञ्जस्थित गहवामाई मन्दिर परिसरमा एक पुरुषको शव फेला परेको छ। मृतकको पहिचान वर्षौँदेखि मन्दिर परिसरमा फूल बेच्दै र भीक माग्दै आएका ‘हरियर’ नामका व्यक्तिका रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार, आज बिहान मन्दिर नजिकै हरियर मृत अवस्थामा फेला परेका हुन्। स्थानीयहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बहादुर बस्नेतका अनुसार, शवलाई पोस्टमार्टम तथा अनुसन्धानका लागि नारायणी अस्पताल लगिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार