१९ असोज, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका सन्देश शर्मालाई प्रहरीले ललितपुरको बख्खुडोलबाट पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार पक्राउ गरेको जानकारी दिएको हो।
शर्मा दाङको तुलसीपुर–१६ स्थायी निवासी हुन्। उनी लामो समयदेखि फरार रहँदै आएका थिए।प्रहरीका अनुसार शर्मा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणका प्रतिवादी हुन्। यस प्रकरणमा यसअघि पनि उच्चपदस्थ व्यक्ति तथा नेताहरूको संलग्नता सार्वजनिक भइसकेको छ।
पक्राउ परेका शर्मालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। यस प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी जारी रहेको बताइएको छ।















