Logo

२० असोज, काठमाडौँ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको दोस्रो खेलमा नेपालले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ। खेल ओमानको माटीमा आज बेलुका सवा ४ बजे सुरु हुनेछ।

यसअघि, छनोटको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको थियो। ओमानमाथिको यो जितले नेपाली टोलीको मनोबल उच्च बनाएको छ।

नेपाल टी–२० विश्वकप २०२६ मा स्थान सुरक्षित गर्न यो क्षेत्रीय छनोट प्रतियोगिता खेल्न ओमान पुगेको हो। समूह चरणमा नेपालले कतारबाहेक कुवेत र जापानसँग पनि खेल्नेछ।

समूह चरणको शीर्ष दुई टोली सुपर–सिक्स चरणमा प्रवेश गर्नेछन्। त्यसपछि, सुपर–सिक्समा रहेका छवटै टोलीमध्ये शीर्ष ३ स्थानमा पर्ने राष्ट्रले आगामी वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० विश्वकप मा स्थान सुरक्षित गर्नेछन्।

नेपालले पछिल्लो समय राम्रो लयमा खेल्दै आएको छ। टोलीले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाहमा भएको टी–२० अन्तर्राष्ट्रिय शृङ्खला मा वेस्ट इन्डिज ‘ए’ टोलीलाई पराजित गर्दै श्रृङ्खला जितेको थियो। सोही श्रृङ्खलापछि नेपाली टोली सीधै ओमान आएको हो।

टीमका मुख्य खेलाडीहरू उत्कृष्ट प्रदर्शन गरिरहेकाले आजको खेलमा पनि नेपाललाई जितको बलियो दाबेदार मानिएको छ।


सम्बन्धित समाचार