२१ असोज, काठमाडौं । नेपालको ऊर्जा क्षेत्रले दैनिक औसत १,००० मेगावाट बिजुली निर्यात गर्दै यस वर्षको साउनदेखि हालसम्म करिब १५ अर्ब रुपैयाँ आर्जन गरेको छ।
नेपाल विद्युत् प्राधिकरण (नेपाल इलेक्ट्रिसिटी अथोरिटी) ले दिएको जानकारी अनुसार यो उपलब्धि देशको बढ्दो जलविद्युत उत्पादनको एक महत्त्वपूर्ण प्रमाण हो । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालका अनुसार, भारत र बंगलादेशसँगको ऊर्जा व्यापारले यो विशाल आम्दानीको बाटो खोलेको छ ।
कसरी हुँदैछ निर्यात?
भारत अधिकांश बिजुली डेअहेड र रियल टाइम मार्केटमा प्रतिस्पर्धी दरमा बिक्री भइरहेको छ । यसबाहेक, हरियाणा र बिहार राज्यहरूमा द्विपक्षीय मध्यकालीन सम्झौतामार्फत पनि बिजुली गइरहेको छ । भारतको प्रसारण संरचना प्रयोग गरेर बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली निर्यात भइरहेको छ।
आम्दानीको स्रोतः डलर र भारु
बिजुली निर्यातबाट नेपालले भारतीय र अमेरिकी डलर दुवै आर्जन गरिरहेको छ। भारतसँगको व्यापार भारुमा हुन्छ भने बंगलादेशसँगको व्यापार अमेरिकी डलरमा हुने गरेको छ। हाल प्राधिकरणले भारत र बंगलादेश दुई देशका लागि कुल १,१६५ मेगावाट बिजुली निर्यात गर्ने स्वीकृति प्राप्त गरेको छ। यो सफलताले नेपाललाई एक महत्वपूर्ण ऊर्जा निर्यातकर्ता राष्ट्रको रूपमा स्थापित गर्न मद्दत पुर्याएको छ।















