Logo

२१ असोज, काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई लक्षित गर्दै सुरक्षा तयारीबारे प्रधानमन्त्री सुशीला कार्कीसहित उच्च सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्न लागेको छ।

आयोगले सोमबार मात्रै निर्वाचन कार्यतालिका सार्वजनिक गरेपछि सुरक्षा व्यवस्था र निर्वाचन सञ्चालनका विषयमा छलफल गर्न लागेको हो । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार यो महत्त्वपूर्ण भेटघाट आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तय भएको छ ।

सुरक्षा र ‘एक चरण’ मा मतदान मुख्य एजेन्डा

छलफलमा आयोगले मतदाता नामावली संकलन, दल दर्ता र निर्वाचन सामग्री व्यवस्थापन लगायतका तयारीबारे जानकारी गराउनेछ। त्यसपछि सरकार र सुरक्षा निकायको तर्फबाट सुरक्षा योजना प्रस्तुत हुनेछ। सूचना अधिकारी घिमिरेका अनुसार, देशभरको भौगोलिक अवस्था र सुरक्षा चुनौतीहरूलाई ध्यानमा राखेर एकै चरणमा निर्वाचन गर्न सम्भव हुन्छ वा हुँदैन भन्ने विषयमा समेत निर्णायक छलफल हुनेछ।

 


सम्बन्धित समाचार
भर्खरै