Logo

२१ असोज, काठमाडौं । अविरल वर्षा र त्यसपछिको बाढीपहिरोले इलाममा जनजीवन तहसनहस पारेपछि नेकपा एमालेका युवा नेता सुहाङ नेम्वाङले जिल्लालाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग जोडदार माग गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत इलामको विषम अवस्थाबारे केन्द्र सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विपत्तिको गम्भीर चुनौती

भारी वर्षाका कारण इलाममा ठूलो मात्रामा जनधनको क्षति भएको छ। नेम्वाङका अनुसार पहिरोले जिल्लाको अवस्था निकै भयावह बनाएको छ । मुख्य सडकहरू ध्वस्त हुँदा र सञ्चार विच्छेद हुँदा राहत तथा उद्धार कार्यमा गम्भीर चुनौती उत्पन्न भएको छ । विद्युत् आपूर्तिमा अवरोध पुगेपछि समग्र जनजीवन अस्तव्यस्त बनेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसलाई समेत आधार मान्दै उनले तत्काल इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गरी विशेष राहत प्याकेज लागू गर्न आग्रह गरेका छन् ।

हवाई मार्गबाट राहत आपूर्ति माग

सडक अवरोधका कारण जिल्ला केन्द्र र राजधानीबीच भौगोलिक कठिनाइ बढेको र अत्यावश्यक राहत सामग्री, औषधि र जनसञ्चारमा समेत बाधा पुगेको भन्दै नेम्वाङले वैकल्पिक मार्गको माग गरेका छन् । उनले फाल्गुनन्द सुकिलुम्बा विमानस्थल बाट नियमित हवाई उडान सञ्चालन गरी राहत सामग्रीको तत्काल आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन् ।


सम्बन्धित समाचार
भर्खरै