काठमाडौं, २१ असोज। गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परेर ज्यान गुमाउनेको संख्या ५२ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बसेको राष्ट्रिय परिषद्को बैठकपछि पत्रकार सम्मेलनमार्फत यो दुःखद् जानकारी सार्वजनिक गरेको हो । प्राधिकरणका कार्यकारी प्रमुख दिनेश प्रसाद भट्टले दिएको जानकारीअनुसार, पहिरोबाट सबैभन्दा बढी क्षति इलाममा भएको छ।हालसम्म इलाममा इलाममा ३९ जनाको ज्यान गएको छ ।
अन्य प्रभावित जिल्लाहरूमा पाँचथरमा १, काभ्रेमा १, उदयपुरमा २, धनुषामा २, खोटाङमा १, भोजपुरमा १, सुनसरीमा १, मोरङमा १ र रौतहटमा १ जनाको मृत्यु भएको छ । यस्तै, चट्याङका कारण रौतहटमा २ जनाको मृत्यु भएको छ ।
बेपत्ता र घाइतेको अवस्था
विपद्का कारण देशभर ४७ जना घाइते भएका छन् । यस्तै, रसुवामा चार जना र इलाममा १ जना गरी कुल ५ जना बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्राधिकरणले जनाएको छ । प्राकृतिक विपत्तिको यो ठूलो क्षतिले देशभर शोकको अवस्था सिर्जना गरेको छ।















