२१ असोज, काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिकहरूलाई प्रदान गरिएको छ ।
विश्वकै प्रतिष्ठित यो पुरस्कारबाट सम्मानित हुने वैज्ञानिकहरूले विश्वमा वैज्ञानिक अनुसन्धानको महत्त्वलाई पुनः पुष्टि गरेका छन् । नोबेल पुरस्कार कमिटीले मंगलबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिसलाई भौतिकशास्त्रको नोबेल पुरस्कार प्रदान गरिएको घोषणा गरेको हो । यी तीन वैज्ञानिकले भौतिक विज्ञानको क्षेत्रमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै उनीहरूलाई यो सम्मान प्रदान गरिएको हो ।















