Logo

२२ असोज, काठमाडौँ । काठमाडौँ महानगरपालिका–१२ स्थित टेकु दोभानमा एक युवतीको शव फेला परेको छ। मृतक काभ्रे स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ म्हैपी बसोबास गर्ने २२ वर्षीया रितु मगर रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रितुको शव मंगलबार स्थानीयले टेकु दोभानमा देखेपछि खबर दिए । त्यसलगतै घटनास्थलमा पुगेको प्रहरी टोली तत्काल घटनास्थलमा पुगेर मुचुल्का उठाई अनुसन्धानको प्रक्रिया अघि बढाएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले घटनाबारे प्रारम्भिक विवरण प्राप्त भएको र शवलाई परीक्षणका लागि अस्पताल पठाइएको जानकारी दिएका छन्।

‘घटनाको प्रकृति र कारणबारे अहिलेसम्म ठ्याक्कै भन्न सकिने अवस्था छैन,’ प्रवक्ता घिमिरेले भने, ‘यो विषयमा थप अनुसन्धान जारी छ।’

प्रहरीले रितु मगरको परिवार तथा परिचितहरूसँगसमेत सोधपुछ सुरु गरेको छ। घटनास्थल आसपासको सिसीटीभी फुटेज संकलन र शव परीक्षण प्रतिवेदनको प्रतीक्षा भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै