Logo

२२ असोज, काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत बुधबार बिहान हाजिर भएका छन्  ।

साइबर क्राइमको आरोप लागेका बस्नेतको बयान लिने काम सुरु भएको ब्युरो स्रोतले जनाएको छ  । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दर्ता गरेकी थिइन् । तर, उजुरी परेको लामो समयसम्म अनुसन्धान प्रक्रियाले गति लिन सकेको थिएन । यो ढिलासुस्तीपछि केही दिनअघि सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीलाई यो विषयमा तत्काल अनुसन्धान अघि बढाउन निर्देशन दिएको थियो  ।

सोही निर्देशनबमोजिम साइबर ब्युरोले बस्नेतलाई बयानका लागि बोलाएको थियो । सरकारी निकायको दबाबपछि अन्ततः यो चर्चित साइबर क्राइमको उजुरीले अनुसन्धानको बाटो समातेको छ । बस्नेतको बयान प्रक्रिया चलिरहेकाले यसले कस्तो मोड लिन्छ भन्ने अहिले चासोको विषय बनेको छ। राजनीतिक रूपमा महत्त्वपूर्ण व्यक्तिमाथि लागेको यो आरोपको निष्पक्ष अनुसन्धानले मात्रै पीडितलाई न्याय दिन सक्नेछ ।


सम्बन्धित समाचार
भर्खरै