Logo

२२ असोज, काठमाडौं । नेपालको महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज नाटकीय रूपमा आफ्नो पक्षमा पारेको छ।

निर्णायक तथा पाँचौं खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले सिरिजमा ३–२ को रोमाञ्चक जित हासिल गरेको हो।

पोदारको पारो र कविताको कमाल

जितका लागि मलेसियाले दिएको १०४ रनको सामान्य लक्ष्य नेपालले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको ब्याटिङमा रुबी पोदारले निर्णायक प्रदर्शन गरिन्। उनले सर्वाधिक २६ रन बनाउँदै टोलीलाई जितको नजिक पुर्‍याइन् । त्यसअघि, पहिले ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०३ रन बनाएको थियो। मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रनको योगदान दिइन् ।

नेपालको जितमा बलरहरूले उत्कृष्ट प्रदर्शन गरे। कविता कुँवर र राजमती ऐरीले उत्कृष्ट बलिङ गर्दै मलेसियाको ब्याटिङ लाइनअपलाई बाँधेका थिए। दुवै बलरले महत्वपूर्ण तीन–तीन विकेट लिए । यो जितले नेपाली महिला क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा अर्को सफलता थपेको छ, जसले टोलीको दृढ संकल्प र उच्च प्रतिस्पर्धात्मक क्षमता प्रदर्शन गर्दछ।

 


सम्बन्धित समाचार
भर्खरै