Logo

२२ असोज, काठमाडौं । प्रहरी वृत्त सातदोबाटो, ललितपुरका डीएसपी रामकुमार यादवको जिम्मेवारी ६ महिना नपुग्दै खोसिएको छ ।

सामान्यतया एक वर्षको कार्यकाल पूरा नभई वृत्त प्रमुखहरूलाई सरुवा गर्ने चलन कमै भए पनि, ‘प्रभावकारी काम गर्न नसकेको’ आरोपमा यादवलाई वृत्त प्रमुखको कमाण्डबाट हटाइएको हो।

रानीपोखरीमा तानिए यादव

जिल्लाको संवेदनशील वृत्तमध्ये एक मानिने सातदोबाटोबाट हटाइएका डीएसपी यादवलाई हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएको छ। प्रहरी नेतृत्वले उनको काम चित्त नबुझाएको र कार्यसम्पादन सन्तोषजनक नभएको कारण देखाउँदै यो निर्णय लिएको हो ।

पूर्णिमा चन्दलाई जिम्मेवारी

यादवको ठाउँमा डीएसपी पूर्णिमा चन्दलाई सातदोबाटो वृत्तको नयाँ प्रमुखको रूपमा पठाइएको छ । चन्द यसअघि जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिइन् । प्रहरी प्रशासनको यो कदमले सातदोबाटो वृत्तको शान्तिसुरक्षा र कार्यसम्पादनमा सुधार ल्याउने अपेक्षा गरिएको छ । नेतृत्व परिवर्तनको यो निर्णयले उपत्यकाका अन्य वृत्त प्रमुखहरूलाई पनि कार्यसम्पादनमा थप गम्भीर हुन सन्देश दिएको छ ।

 


सम्बन्धित समाचार
भर्खरै