Logo

२२ असोज, काठमाडौं । बहुचर्चित पोखराको लिचीबारी जग्गा अनियमितता प्रकरण सम्बन्धी मुद्दाको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पुर्‍याएको छ।

यससँगै यो उच्च प्रोफाइलको भ्रष्टाचार मुद्दाले औपचारिक अभियोगको चरणमा प्रवेश गरेको छ । अख्तियारले मुद्दाको फाइल केहीबेरअघि मात्रै विशेष अदालतमा बुझाएको हो ।

को–को मुछिएका छन् ?

यो प्रकरणमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, भूमि व्यवस्था मन्त्री बलराम अधिकारी र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतका उच्च राजनीतिक व्यक्तित्वहरू मुछिएका छन् । अख्तियारले हतारमा र कमजोर प्रमाणसहित मुद्दा दायर गर्ने तयारी गरेको भन्ने चौतर्फी आलोचनाका बीच यो फाइल विशेष अदालतमा पुगेको हो । अदालतले मुद्दा दर्ता गरेलगत्तै अभियुक्तहरूमाथि न्यायिक प्रक्रिया सुरु हुनेछ।


सम्बन्धित समाचार
भर्खरै