Logo

२३ असोज, काठमाडौं । राजधानीको माइतीघर र नयाँ बानेश्वर क्षेत्रमा अहिले सुरक्षा व्यवस्था ह्वात्तै कडा पारिएको छ ।

दुई फरक समूहबीचको जाहेरी र ब्यानर विवादका कारण उत्पन्न हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

विवादको मूल जरो

हालैका दिनमा यो क्षेत्र तनावग्रस्त हुनुको मुख्य कारण एक–अर्काविरुद्ध परेका जाहेरीहरू हुन् । जेन–जी समूहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध प्रहरीमा जाहेरी दिएको थियो । त्यसको जवाफमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र जेन–जीका अगुवा सुदन गुरुङविरुद्ध जाहेरी दर्ता गराएको छ । यी जाहेरी दिने क्रमले सिर्जित तनावका साथै माइतीघरमा ब्यानर हटाउने र नयाँ ब्यानर राख्ने प्रयास भएपछि स्थिति थप बिग्रिएको हो ।

जाहेरीहरू आयोगमा जाँदै

प्रहरीले जेन–जीको जाहेरीलाई उच्चस्तरीय जाँचबुझ आयोगमा पठाइसकेको छ । त्यस्तै, बालेन शाह र सुदन गुरुङविरुद्धको जाहेरी पनि आयोगमै पठाउने तयारी भइरहेको प्रहरी स्रोतले जनाएको छ । शान्ति सुरक्षा कायम राख्न र कुनै अप्रिय घटना हुन नदिन माइतीघर–बानेश्वर क्षेत्रमा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको छ।


सम्बन्धित समाचार
भर्खरै