Logo

२३ असोज, काठमाडौं । नेपाली कांग्रेसको आज बस्ने महत्वपूर्ण पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

आज दिउँसो १ बजे कुपण्डोलस्थित एक होटलमा बस्ने बैठकको अध्यक्षता अब उपसभापति पूर्णबहादुर खड्काले सम्हाल्ने भएका छन् । मुख्य सचिव कृष्ण प्रसाद पौडेलले यसलाई पदाधिकारीबीचको अनौपचारिक छलफल मात्र भएकाले देउवा सहभागी नहुने बताएका छन् । पौडेलले स्वास्थ्यको कारण देखाए पनि, देउवाका स्वकीय सचिव भानु देउवाले भने ‘स्वास्थ्यको कारण होइन’ भन्दै यो बैठक केन्द्रीय समितिका एजेन्डाबारे छलफल गर्ने अनौपचारिक भेला मात्र भएको स्पष्ट पारेका छन् ।

बैठकका मुख्य एजेन्डाहरू

सभापति देउवाको अनुपस्थितिबीच पनि बैठकका एजेन्डाहरू भने निकै महत्त्वपूर्ण छन् । उपसभापति खड्काको नेतृत्वमा बस्ने बैठकमा असोज २६ गते बस्ने केन्द्रीय समितिका एजेन्डा निर्धारण, महाधिवेशन सम्बन्धी तयारी र आगामी निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।


सम्बन्धित समाचार
भर्खरै