Logo

२३ असोज, काठमाडौं । जेन–जी आन्दोलनको माग सम्बोधन नभएको भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्न गएका अभियन्ता डा.निकोलस भुसालसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आन्दोलनको एक महिना पूरा हुँदा पनि आफ्ना मागहरूमा सरकारले ध्यान नदिएको भन्दै असन्तुष्टि जनाउन भुसालको समूह भेला भएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले माइतीघर मण्डला लगायतका क्षेत्रमा धर्ना, जुलुस र प्रदर्शन गर्न निषेध गरेको सूचना यसअघि नै जारी गरेको थियो। सोही नियमको पालना गराउन अहिले माइतीघर क्षेत्रमा नेपाल प्रहरीको बाक्लो परिचालन गरिएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा कसैलाई पनि हुल बाँधेर उभिन वा प्रदर्शन गर्न दिएको छैन । यसै क्रममा प्रदर्शनको प्रयास गरेका डा. भुसालसहित तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जेन–जी आन्दोलनका अगुवाहरूको पक्राउले यस समूहको भविष्यको रणनीति के हुनेछ भन्ने प्रश्न उब्जिएको छ।


सम्बन्धित समाचार
भर्खरै