Logo

२३ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कुनै पनि कारबाही वा निशाना बनाइए देशव्यापी रूपमा आगो बल्ने चेतावनी दिएका छन् ।

बिहीबार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै नेता बस्नेतले गृहमन्त्री ओमप्रकाश अर्याललाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् ।

जेन–जी र गृहमन्त्रीलाई चेतावनी

बस्नेतले हालै चर्चामा आएको जेन–जी समूह र गृहमन्त्रीको सक्रियतामाथि कडा टिप्पणी गरेका छन् । उनले जेन–जी समूहलाई ‘हावाभरका नौटङ्की’ भन्दै गृहमन्त्रीलाई यस्ता समूहको हाहुमा नलाग्न चेतावनी दिएका छन् । उनले आफूहरूले राणा, पञ्च र शाही शासनसँग जुध्न युथ फोर्स बनाएर लडेको इतिहास स्मरण गराए। उनले एमाले अध्यक्ष केपी ओली, आफू र पार्टीका नेताहरू कसैसँग नडराउने स्पष्ट पारे । साथै, उनले एमालेको युवा संघले असोज २५ गते मोटरसाइकल र्‍याली गरेर आफ्नो शक्ति देखाउने चेतावनी दिएका छन्।

भ्रष्टाचार छानबिनमा कुलमानबाट थाल्नुपर्ने माग

नेता बस्नेतले भ्रष्टाचार छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए पनि छानबिनको सुरुवातको विषयमा सरकारलाई चुनौती दिएका छन् ।
उनले नेपालको नम्बर १ भ्रष्टाचारी कुलमान घिसिङ रहेको आरोप लगाउँदै उनीबाटै छानबिन सुरु गर्नुपर्ने माग राखेका छन् । उनले अर्थमन्त्री रामेश्वर खनालको सम्पत्तिको स्रोतमाथि प्रश्न उठाउँदै मेयर बालेन शाह र जेन–जी अगुवा सुदन गुरुङमाथि पहिला छानबिन हुनुपर्ने बताए।


सम्बन्धित समाचार
भर्खरै