Logo

२३ असोज, काठमाडौं । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करोडौं रुपैयाँ अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगिता भण्डारीसहित १३ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले कम गुणस्तरको एमआरआई मेसिन खरिदमा १२ करोड ७ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको भन्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

को–को परे अनुसन्धानको दायरामा ?

अख्तियारले कम गुणस्तरको मेसिन खरिद गरी सरकारी सम्पत्तिमा हानि पुर्‍याएको भन्दै उपकुलपति भण्डारीसहित विभिन्न पदाधिकारी तथा इन्जिनियरहरूलाई प्रतिवादी बनाएको छ । उनीहरूविरुद्ध कैद सजाय र बिगो जरिवाना मागदाबी गरिएको छ।

मुद्दा दायर गरिएका प्रमुख व्यक्तिहरूमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा.संगिता भण्डारी, तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स म्यानेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शदर भण्डारी र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी लगायत १३ जना छन् । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा समेत करोडौंको भ्रष्टाचार भएको यो घटनाले सार्वजनिक सेवामा पारदर्शिताको प्रश्न उठाएको छ ।


सम्बन्धित समाचार
भर्खरै