Logo

२३ असोज, भक्तपुर । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई काठमाडौं उपत्यका बाहिर जान नपाइने भन्दै गरिएको निर्णयलाई “सडक तमासा”को संज्ञा दिएका छन्।

बिहीबार भक्तपुरमा आयोजित एमालेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री शुशिला कार्कीको डरले आफू भाग्छु भन्ने सोच आफैँमा हास्यास्पद र राजनीतिक तमासा भएको टिप्पणी गरे।

“उहाँहरूले तमासा के गर्नुभयो भने, काठमाडौं भ्याली छाडेर परतिर जान नपाइने — पानी ढलको सिमाना वा? यो सडक तमासा नभए के हो?” उनले कटाक्ष गर्दै भने, “शुशिला कार्कीको डरले केपी ओली भाग्छ? गुटुटु? के सोचेको?”

ओलीले आफूलाई एक किसिमको मानसिक दबाब र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसप्रति जनताले पनि प्रश्न उठाउने बेला आएको बताए।

उनले सरकार र वर्तमान नेतृत्वप्रति कडा आलोचना गर्दै संविधान, लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षाका लागि एमाले अडिग रहने स्पष्ट पारे।


सम्बन्धित समाचार
भर्खरै