२३ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालयले प्रदर्शन गर्न निषेध गरेको माइतीघर मण्डला क्षेत्रमा प्रदर्शनको प्रयास गर्ने १८ जना जेन-जी अभियन्तालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा अगुवा डा. निकोलस भुसाल र सञ्जीव दाहाल लगायतका १८ जना रहेका छन्। बिहीबार जेन–जीका विभिन्न समूहहरू निषेधको बाबजुद प्रदर्शन गर्ने भन्दै माइतीघर पुगेका थिए । प्रदर्शनकारीहरूले आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने दाबी गरे पनि प्रहरीले त्यसलाई रोक लगाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, प्रदर्शनको नाममा घुसपैठ हुन सक्ने र हिंसा भड्किन सक्ने सुरक्षा विश्लेषणका आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएकै बेला जेन-जी समूहले प्रदर्शनको प्रयास जारी राखेपछि पक्राउ पर्नेहरूको संख्या बढेको हो।















