Logo

२३ असोज,वीरगञ्ज । विश्व दृष्टि दिवस २०८२ को अवसरमा “आफ्नो आँखालाई माया गरौं” भन्ने नारासहित ग्रीन सिटी सामुदायिक प्रहरी सेवा, आदर्शनगर–वीरगंजले निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ। कार्यक्रम किरण आँखा अस्पताल, वीरगंजको प्राविधिक सहयोगमा सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गर्नुभयो। उहाँले सर्वसाधारणमा आँखाको स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो।

शिविरमा किरण आँखा अस्पतालका विशेषज्ञ चिकित्सकहरूको टोलीले करिब १५० जना स्थानीय बासिन्दाको आँखा परीक्षण गरेका थिए। परीक्षणमा सहभागीहरूले दृष्टिसम्बन्धी समस्याहरूको प्रारम्भिक जाँच गराउन पाउँदा खुसी व्यक्त गरे।

कार्यक्रममा आँखाको नियमित परीक्षणको महत्व, मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोगले दृष्टिमा पर्ने असरबारे जानकारी दिइएको थियो। सहभागीहरूलाई आँखा सुरक्षा र स्वस्थ्य जीवनशैलीका बारेमा सचेत बनाइएको आयोजकले जनाएको छ।

कार्यक्रमको समापनमा अध्यक्ष खेतानले किरण आँखा अस्पतालको चिकित्सक टोली र अन्य सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै, आगामी दिनमा पनि यस्ता स्वास्थ्य सेवा अभियान निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


सम्बन्धित समाचार