Logo

२४ असोज, काठमाडौं । सरकारले पूर्वपदाधिकारीहरूको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षाको जिम्मेवारी पूर्वजनमुक्ति सेना र योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) ले लिएको छ।

गृह मन्त्रालयले बिहीबार स्वीकृत मापदण्डभन्दा बढी सुरक्षाकर्मी राखेका पूर्वपदाधिकारीहरूको सुरक्षा फिर्ता गर्ने निर्णय गरेपछि उनी पूर्व जनमुक्ति सेनाको घेरामा पुगेका हुन् । सुरक्षा फिर्ता गर्ने सरकारी निर्णय सार्वजनिक हुनासाथ माओवादी नेताहरूले तीव्र आक्रोश पनि व्यक्त गरेका छन् ।

वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जालमार्फत कडा प्रतिक्रिया दिएका छन् । दीपशिखाले प्रचण्ड लगायत माओवादी नेताहरूको सुरक्षा पूर्व पीएलए र वाईसीएलले गरिरहेको र गरिरहने स्पष्ट पारेका छन् । उनले सरकारको यो निर्णयलाई सत्ता डण्डाको संज्ञा दिँदै यसको परिणाम केपी ओलीको जस्तै हुने चेतावनी दिएका छन् ।

प्रचण्डको ३४ जना सुरक्षाकर्मी फिर्ता हुने क्रममा छन् । यद्यपि, पूर्वप्रधानमन्त्रीको हैसियतमा उनले सशस्त्र प्रहरीका १६ जना र नेपाल प्रहरीका २ जना जुनियर अधिकृत राख्न पाउने कार्यविधि रहेको गृह प्रशासनले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै