Logo

२६ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । भक्तपुरस्थित गुण्डुमा एमालेको केन्द्रीय सचिवायलको बैठक सुरु भएको हो ।

रुघाखोकीका कारण पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि शनिबारको बैठक स्थगित भएको थियो । केन्द्रीय कमिटीको एजेन्डा तय गर्न ओली निवास गुन्डुमा बैठक बसिरहेको नेताहरुले बनाएका छन् । बैठकको पहिलो दिन ९ जना पदाधिकारीले आफ्नो धारणा राखेका थिए । त्यसमध्ये ६ जनाले ओलीलाई नेतृत्व छोड्न आग्रह गरेका छन् । आजको बैठकमा शुक्रबार बोल्न बाँकी रहेका पदाधिकारीहरूले आ-आफ्नो धारणा राख्ने छन् ।

 


सम्बन्धित समाचार
भर्खरै