Logo

२६ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज आइतबार बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।

बजारमा तरलता व्यवस्थापन गर्ने उद्देश्यले राष्ट्र बैंकले बोलकबोल प्रक्रियामार्फत यो रकम खिच्न लागेको हो । राष्ट्र बैंकले सात दिन अवधिका लागि यो निक्षेप संकलन गर्न लागेको हो । आज दिउँसो ३ बजेसम्म अनलाइन प्रणालीमार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरको बोलकबोल गर्न सक्नेछन् ।

बोलकबोलका मुख्य शर्तहरू

बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि बढीमा ५ करोडले भाग जाने गरी ५० अर्ब रुपैयाँसम्मको रकममा बोलकबोल गर्न पाउनेछन् । निक्षेप रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदर बोल गर्ने बैंकलाई पहिलो प्राथमिकता दिइनेछ ।

यदि समान ब्याजदर उल्लेख भएका बोल रकमहरू कुल निष्काशित रकमभन्दा बढी भएमा, राष्ट्र बैंकले प्रो–राटा आधारमा बाँडफाँड गर्ने जनाएको छ । राष्ट्र बैंकको यो कदमले बजारमा रहेको अधिक तरलता खिचेर ब्याजदर र मुद्रास्फीति नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै