२६ असोज, काठमाडौं । जेन–जी युवाहरूले १० प्रतिशत निःशुल्क शेयरको माग राख्दै बन्द गराएको ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन जिल्ला प्रशासनले सक्रियता देखाएको छ ।
आयोजना बन्द भएको लामो समय भइसक्दा पनि खुल्न नसकेपछि आज सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) बन्धुप्रसाद वास्तोलाले आयोजनाका सञ्चालकहरूलाई बैठकमा बोलाउनुभएको छ।
गृहमन्त्रीको निर्देशनपछि सीडीओको पहल
यो आयोजना खुलाउन गत असोज २२ गते नै गृहमन्त्री ओमप्रकाश अर्यालले तत्काल सञ्चालनमा ल्याउन निर्देशन दिनुभएको थियो। गृहमन्त्रीको निर्देशनपछि पनि आयोजना सञ्चालनमा आउन नसकेपछि सीडीओ वास्तोलाले स्वयं पहल सुरु गर्नुभएको हो । भोटेकोशी पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बिक्रम स्थापितले अहिले आयोजना बन्द अवस्थामै रहेको जानकारी दिनुभयो ।
आज प्रमुख जिल्ला अधिकारी (सीडीओ) ले चौतारामा छलफलका लागि लागि बोलाउनुभएको थियो । बन्द आयोजना खोलेर चलाउने प्रयास भइरहेको छ। अहिले बैठक जारी छ,’ सीईओ स्थापितले बताउनुभयो ।
बन्द आयोजना खुलाउने प्रयासस्वरूप बसेको यो बैठकले कुनै ठोस निकास निकाल्छ वा निकाल्दैन भन्नेमा सरोकारवालाहरूको ध्यान केन्द्रित छ।















