Logo

२६ असोज, वीरगञ्ज। आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चिर प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स ९यूएई० माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। आइतबार भएको ुएसोसियट एल क्लासिकोु भिडन्तमा नेपालले यूएईलाई १ रनले पराजित गर्दै सुपर सिक्समा ४ अंक बनाएको हो।

नेपाल समूह चरणमा जापानलाई हराउँदै २ अंकसहित सुपर सिक्समा प्रवेश गरेको थियो। आजै (आइतबार) भएको अर्को खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले पनि ४ अंक बनाएको छ। समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै अंक तालिकाको दोस्रो स्थानमा छ भने नेपालसँग पराजित भएको यूएई २ अंकसहित तेस्रो स्थानमा छ।

रोमाञ्चक अन्तिम ओभर

नेपालले दिएको १४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन मात्र बनाउन सक्यो।

यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५८ रन (४० बल, ३ चौका, ५ छक्का) को योगदान दिए पनि टोलीको जित टार्न सकेनन्। उनी दीपेन्द्र सिंह ऐरीको बलमा बोल्ड आउट भए। यूएईका लागि ध्रुव परासरले ३२ रन जोडेका थिए।

१९औँ ओभरको अन्तिम बलमा ध्रुव परासरले नन्दन यादवलाई छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो। अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरे। यद्यपि, सो ओभरको तेस्रो बलमा परासरले छक्का हानेर नेपाललाई हारनजिक पुऱ्याएका थिए। तर, लगत्तै चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराए।

खेलको निर्णायक मोड अन्तिम बलमा आयो, जब जैद अली रन आउट भएपछि नेपालले रोमाञ्चक जित सुनिश्चित गर्‍यो।

नेपालको ब्याटिङ

ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १४० रनको योगफल तयार पारेको थियो।

आसिफ शेखले सर्वाधिक ५१ रन (४७ बलमा ४ चौका र १ छक्का) बनाएर १६औँ ओभरमा बोल्ड आउट भए।

ओपनर कुशल भुर्तेलले २८ रन (२६ बल) बनाएर पहिलो विकेटका लागि आसिफसँग ५६ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

कप्तान रोहित पौडेलले २० रन जोडे।

अन्तिमतिर तीव्र गतिमा रन जोड्ने क्रममा गुल्सन झाले ५ बलमा १४ रन (२ चौका, १ छक्का) बनाएर क्याच आउट भएका थिए।

यूएईका लागि हर्सित कौशिक, ध्रुव परासर, जाहिद अली, हैदर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान १र१ विकेट लिए।

नेपालको बलिङ

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान १र१ विकेट आफ्नो नाममा दर्ता गराए।

सुपर सिक्सको अर्को खेलमा आजै सामोआ र जापानबीच प्रतिस्पर्धा हुनेछ।


सम्बन्धित समाचार