Logo

२७ असोज, रौतहट । रौतहटको गौर नगरपालिकामा पानीमा डुबेर ३ बालिकाको मृत्यु भएको छ ।

गौर–१ मा रहेको सीमा क्षेत्र नजिक बाढीको पानीमा डुबेर राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षिया रागनी यादव र मौसमी बैठाको मृत्यु भएको हो । सात जनाको समूहमा गौरतर्फ घाँस लिन जाँदै गर्दा उनीहरु बाढीको पानीमा डुबेका थिए । डुबेका मध्ये ४ जनाको स्थानीयले उद्धार गरेका थिए भने तीन जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार