Logo

२७ असोज, काठमाडौं । नेपालको प्रमुख प्रवेशद्वार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध ओसारपसारमा संलग्न तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

थाइल्यान्डको बैंककबाट एयर एसियाको उडानमार्फत आएका उनीहरूबाट ११ किलो २७५ ग्राम अवैध गाँजा बरामद गरिएको हो । विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयको संयुक्त टोलीले जाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेहरूमा दुई पुरुष र एक महिला छन् । पक्राउ पर्नेमा ५० वर्षीय सिलम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोद आजाद शेख र ३२ वर्षीया जैनब बशिर रहेका छन् ।

लागूऔषध नियन्त्रणमा नेपाल सरकारको शून्य सहनशीलता नीति लागू भइरहेका बेला अन्तर्राष्ट्रिय उडानबाट यति ठूलो परिमाणमा गाँजा भित्र्याउने प्रयास हुनुले नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउन खोजिएको सङ्केत गर्छ । पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर पठाइएको छ।


सम्बन्धित समाचार