Logo

२८ असोज, काठमाडौं । मधेस प्रदेश सभाको बैठक अन्ततः सुरु भएको छ, जहाँ मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो पदमा विश्वासको मतका लागि प्रस्तावसहित सदनमा धारणा राखिरहेका छन् ।

मुख्यमन्त्री सिंहले आफूलाई विश्वासको मत नपाउने अवस्था रहे पनि प्रतिष्ठामाथि भइरहेको प्रहारको जवाफ दिन र आफ्नो कुरा सदनमा राख्नका लागि विश्वासको मत लिने निर्णय गरेको बताएका छन् । उनले गत शुक्रबार नै प्रदेश सभालाई पत्र लेखेर विश्वासको मत लिने वातावरण मिलाइदिन आग्रह गरेका थिए ।  सोहीअनुसार आज प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

जेनजी आन्दोलनपछि फेरिएको बोली

मुख्यमन्त्री सिंह गत भदौ २३ र २४ गते जेनजी आन्दोलन चर्किएको समयमा मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेका थिए ।  तर, अन्तरिम सरकार गठन भएपछि उनले एकाएक आफ्नो बोली फेरेका थिए । उनले त्यतिबेला विषम परिस्थितिमा कसैको जनधनको क्षति नहोस् भनेर फेसबुकमा राजीनामा लेखेको स्पष्टीकरण दिँदै आएका छन् ।  उनको यो बोली फेर्ने कार्यपछि आफ्नै दल जनमतले गत भदौ ३१ गते प्रदेश सभामा सभामुखलाई सम्बोधन गर्दै मुख्यमन्त्रीसहित सरकारबाट समर्थन फिर्ता लिएको थियो ।

संवैधानिक व्यवस्थाअनुसार, समर्थन फिर्ता भएको मितिले ३० दिनभित्र मधेसका मुख्यमन्त्री सिंहले प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने बाध्यता आइलागेको हो ।


सम्बन्धित समाचार