Logo

२८ असोज, काठमाडौं । गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा आक्रमणमा परी घाइते भएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार पहिलोपटक सार्वजनिक भएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय समिति बैठकमा सहभागी हुन पुगेका देउवाले बैठकमा लिखित सम्बोधन गर्दै भदौ २३ र २४ गते भएका सबै घटनाको विस्तृत छानबिनको माग गरेका छन् ।

दुर्व्यवहारको आरोप र लामो उद्धार प्रक्रिया

सभापति देउवाले आफू र तत्कालीन परराष्ट्रमन्त्रीसमेत रहेकी पत्नी आरजु राणा देउवामाथि भदौ २४ गते घृणित रूपमा दुर्व्यवहार भएको बताएका छन् । उनले निकै लामो समयपछि सुरक्षाकर्मीले उद्धार गरेको उल्लेख गर्दै त्यसपछि पनि आफूहरूको प्रतिष्ठामा आँच पुर्‍याउन दुर्व्यवहार गरिएको भन्दै छानबिनको माग गरेका हुन् । श्रीमती आरजु राणा पनि उनीसँगै बैठकमा सहभागी हुन सानेपा पुगेकी थिइन्।

पार्टीको जिम्मेवारी उपसभापति खड्कालाई

यसैक्रममा सभापति देउवाले पार्टीको कार्यवाहक उपसभापतिको जिम्मेवारी पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका छन्। उनले केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै खड्कालाई कार्यवाहकको जिम्मेवारी दिएको जानकारी गराएका छन्। देउवाको लामो अनुपस्थिति र उपचारपछि भएको यो कार्यवाहक हस्तान्तरणलाई पार्टीभित्रको आन्तरिक व्यवस्थापनको महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

 


सम्बन्धित समाचार