Logo

२८ असोज,वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिकामा आजदेखि “अध्यक्ष कप २०८२ क्रिकेट टुर्नामेन्ट” सुरु भएको छ।

गाउँपालिकाको वडा नं. ५ स्थित मेघराज उपाध्याय क्रिकेट खेल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन वीरगञ्ज उपमहानगरपालिकाका उप–मेयर इमतियाज आलम र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादवले संयुक्त रूपमा गरेका हुन्।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षता र उप–मेयर आलमको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोहमा उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, नेपाली कांग्रेस पर्साका सह–सचिव नवीन सिंह, वडाध्यक्ष बिहारी महतो नुनिया, रामअयोध्या पटेल लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगिताको उद्घाटन खेल वडा नं. २ र वडा नं. ६ बीच भइरहेको छ।

गाउँपालिकाका अनुसार प्रतियोगितामा विभिन्न वडाबाट टिमहरू सहभागी हुनेछन्। गाउँपालिकाका अधिकृत दया चौहानले प्रतियोगितामार्फत खेलकुदमा युवाहरूको सहभागिता बढाउने र आपसी सद्भाव कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।


सम्बन्धित समाचार