Logo

२९ असोज, रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–५ मा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाही गोनाही–३ निवासी ६५ वर्षीय किशोर चौधरीको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीका अनुसार मंगलबार साँझ देवाही गोनाही–५ स्थित जगत चोकबाट मलग चोकतर्फ जाँदै गरेको ना ३८ प १३८९ नम्बरको नङ्कोगबर स्कुटर अनियन्त्रित भई पश्चिमतर्फको धानबारीमा खसेर दुर्घटना भएको थियो।

दुर्घटनापछि गम्भीर रूपमा घाइते भएका चौधरीको मृत्यु तत्कालै घटनास्थलमै भएको प्रहरीले पुष्टि गरेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।


सम्बन्धित समाचार