Logo

२९ असोज, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

भदौ २३ र २४ को जेनजी आन्दोलनपछि पहिलो पटक एमाले केन्द्रीय कमिटीको बैठक बसेको हो । ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । ओलीको प्रतिवेदनमा समसामयिक राजनीति, जेनजी आन्दोलन,घुसपैठ,व्यक्ति र सार्वजनिक सम्पत्तिको तोडफोड लगायतका विषय समेटिएका छन् । उक्त प्रतिवेदनमाथि धारणा राख्न केन्द्रीय सदस्यहरूलाई ३ मिनेटको समय छुट्टाइएको छ ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार पार्टीले आगामी मङ्सिरमा हुने महाधिवेशनको मिति र स्थान समेत तोक्ने छ । नेतृत्वले सो महाधिवेशनबाट फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्ने अपेक्षा केन्द्रीय सदस्यहरूको छ ।


सम्बन्धित समाचार