Logo

२९ असोज, काठमाडौँ । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा विरुद्धको सुन तस्करीसम्बन्धी अभियोगमाथि जिल्ला अदालत काठमाडौँमा थुनछेक बहस सुरु भएको छ ।

सुनको परिमाण र बरामदगीको प्रमाणमाथि प्रश्न उठाउँदै महराका कानुनी प्रतिरक्षा टोलीले अभियोजनको आधार कमजोर रहेको दाबी गरेका छन् । महराको तर्फबाट बहसको सुरुवात गर्दै अधिवक्ता मुरारी सापकोटाले अभियोजन पत्र तयार गर्दा प्रमाणभन्दा बढी अनुमानको सहारा लिइएको जिकिर गरेका छन् ।

९ केजी सुन अन्दाजको भरमा

अधिवक्ता सापकोटाले भेपमा सुन रहेको भनी गरिएको दाबी गोश्वारा हुलाक कार्यालयको भनाइलाई मात्रै आधार बनाएर अभियोजन गरिएको बताए । सुन जफत भएको ठोस प्रमाण अभियोगपत्रमा प्रस्तुत गर्न नसकिएको उनको मुख्य तर्क थियो । कति परिमाणमा सुन जफत भएको हो, त्यो अभियोगपत्रमा देखाउन सकेको देखिँदैन । मात्रै अन्दाजको भरमा ९ केजी सुन भेपमा थियो होला भन्ने आधार लिएको देखियो।’ भनेर सापकोटाले जिकिर गरे । उनले यदि वास्तविक रूपमा सुन जफत भएको भए यति परिमाण भनेर यकिन हुनुपर्नेमा अभियोजन पक्ष चुकेको दाबी गरे ।

यससँगै, यो थुनछेक बहस अब अभियोगको सत्यता र प्रमाणको सबलता भन्दा पनि अभियोजन पक्षले तयार पारेको कानुनी आधार कति बलियो छ भन्नेमा केन्द्रित भएको छ। बहस जारी रहेकाले महरालाई साधारण तारेखमा छाड्ने वा थुनामा पठाउने भन्नेबारे अदालतको निर्णय आउन बाँकी छ।


सम्बन्धित समाचार